Tags » Crc

CRC Haul

As the song goes… “I’m broke but I’m happy”

Here are some lovely photos of my latest haul from http://www.camerareadycosmetics.com

City Scenes of Taipei

Taken in Fall 2012 while on the Comparative Religions and Cultures (CRC) Program of LIU Global.

If you ever go to Taipei you have to go to the night markets, do the famous Shilin Night Market, but I encourage you to adventure to the other ones all over the city. 19 more words

Free Water-Wise Landscaping Workshops!

There seems to be an abundance of water right now in Boulder, but we still live in an arid environment. Water-wise landscaping saves water & creates a less maintenance intensive landscape for you to maintain. 134 more words

Outdoors

Professional Makeup Kit

I got Certified as a Professional Make-up Artist 2 weeks ago and has since then started buying professional make-up (not just those average stuff available in Sephora) to kick-start my career as a freelance MUA. 10 more words

Hey Lefty, Your Facade Is Slipping

Reminiscent of an editorial after Barack Obama won his chance to dismantle American freedoms in 2008, now comes Lazy C editor, ‘Lefty’ Lou Brancaccio with yet another smokescreen call of “come together.” 995 more words

Clark County Issues

Colorectal Cancer Sucks!

Don’t you think cancer is one of the worst things that is out there on this planet? Hi! Im Blake Smith and I blog about FightCRC, a foundation that wants to help people with Colorectal Cancer. 310 more words

Colorectal Cancer

मनोरञ्जन र बालअधिकार

सन् १९८९ को नोभेम्बर २० मा संयुक्त राष्ट्र संघको महासभाबाट बालअधिकार महासन्धी पारित भएपश्चात नेपालले पनि सन् १९९० सेप्टेम्बर १४ तारिखमा त्यसमा अनुमोदन गरेको थियो । त्यसपश्चात नेपाल राज्यपक्षको रुपमा नेपालका बालबालिकाका निम्ति उनीहरुको अधिकारको परिपूर्ति र संरक्षणका निम्ति बाध्य भएको थियो । यस अर्थमा भन्दा त्यसभन्दा पहिले नेपालमा बालबालिकाको अवस्था दयनिय वा गएगुज्रेको नै थियो भन्ने पनि होईन तथापि बालअधिकार महासन्धीको अनुमोदनले नेपालका बालबालिकाको अधिकारको प्रत्याभूतिको निम्ति दायरालाई थप ठूलो भने बनाएको थियो ।

बालअधिकार महासन्धीमा भएका ५४ वटा धाराहरु मध्ये बालबालिकाको मनोरञ्जनको अधिकारसँग धारा ३१ ले प्रत्यक्ष रुपमा सरोकार राखेको छ । धारा ३१ ले “प्रत्येक बालबालिकाको आराम, फुर्सद, खेलकुद, साँस्कृतिक कार्यक्रममा सहभागिता” को विषयमा बोलेको छ । जसले उक्त महासन्धी अनुमोदन गर्ने राज्यलाई त्यस देशका बालबालिकाहरुले आवश्यक आराम, उमेर सुहाउँदो र जरुरी पर्ने खेलकुद तथा सिर्जनात्मक अभ्यासहरु तथा साँस्कृतिक जीवनमा स्वतन्त्रपूर्वक सहभागी हुन पाउने कुराको ग्यारेन्टी गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि राज्यको समस्त निकायले बालबालिकाको मनोरञ्जनको अधिकारलाई प्रवद्र्धन गर्नका निम्ति हर सम्भव सहयोग र व्यवस्था पनि गरिनु पर्दछ ।

नेपालको परिप्रेक्ष्यमा हेर्दा यहाँका बालबालिकाहरुले बालअधिकार महासन्धी आउनुपूर्व नै मनोरञ्जनका निम्ति र साँस्कृतिक जीवनमा सहभागितालाई एउटा अपरिहार्य कडिको रुपमा स्वीकार गरेको देख्न सकिन्छ । तिहारको द्यौसी–भैलो, नेवारी समुदायमा यमरी पुन्हेमा गीत गाउँदै घरघर पुग्ने वा हरेक जाति र धर्मका बालबालिकाहरु समुदायका खेलकुद र मनोरञ्जनका लागि पनि एकजुट हुँदै काम गरिरहेको पाइन्छ । तसर्थ बालबालिकाले मनोरञ्जन गर्न पाउने अधिकारमा नेपाली समाजको सँस्कृति पनि यसमा सहयोगी नै रहेको पाउन सकिन्छ । समाज सधैं सरलबाट जटिल अवस्थातर्फ उन्मुख रहन्छ र रहँदै आइरहेको पनि छ । यसैक्रममा जसरी नेपालमा बालअधिकार आन्दोलन सुरु भयो र समाजको विकासको क्रम पनि थप परिस्कृत हुँदै गयो । यसले नयाँ पुस्तालाई नयाँ बाटो मात्र देखाएन बरु आराम, फुर्सद, मनोरञ्जन र खेलकुदका केहि नयाँ आयामहरुसँग पनि परिचित गराउने मौका प्रदान ग¥यो । खासगरी ९५ को दशकबाट नेपालमा बालक्लबको अभियानले द्रुत गति लियो र बालबालिकाहरुको मनोरञ्जनको थलो बालक्लब भयो । बालक्लबमा आवद्ध भएर बालबालिकाहरुले क्षमता अभिवृद्धि गर्ने, मनोरञ्जनका साथसाथै साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यमा विशेष योगदान पु¥याएको पाइन्छ । त्यत्तिमात्र नभएर केहि गलत सँस्कृति, चलन विरुद्ध आवाज उठाएर असल समाजको निर्माणमा बालबालिका र बालक्लबको योगदानलाई पनि नकार्न सकिदैन । तर यति हुँदाहुँदै पनि बालअधिकारको महासन्धीमा धारा ३१ र धारा १७ (बालबालिकाको सूचनामा पहुँच) लाई सहि ढंगमा सहि तरिकाले लग्न नसकेको खण्डमा यसले बालबालिकामा मानसिक विचलन ल्याउने प्रष्ट छ । मनोरञ्जनकालागि तयार गरिएका हिंस्रक र उत्तेजक चलचित्र, इमेल र इन्टरनेटको पहुँचबाट बालबालिकामाथि हुन सक्ने शोषण, यौन शोषण, मनोरञ्जनकै नाममा दबाब दिएर विद्यालयले थोपर्ने अतिरिक्त कृयाकलाप, यसका लागि बाध्यकारी रुपमा उठाइने अनावश्यक र मनपरी पैसा यसका उदाहरणहरु मात्र हुन् । सन् १९९७ मा आएको मानवअधिकारको उजुरी सम्बन्धी सामग्री मा धारा ३१ लाई अलग्गै नहेरी यसलाई बालअधिकारको अन्य धाराहरुसँग पनि मिलाएर हेरिनु पर्ने कुरा उल्लेख गरिएको छ ।

उदाहरणको लागि आरामको कुरा कामगर्ने बालबालिकाको लागि पनि लागु हुन्छ । हाम्रो देशमा धेरै बालबालिकाहरु अरुको घरमा, होटल, रेस्टुँरामा काम गर्न बाध्य छन् । यी बालबालिकाहरुको पनि फुर्सद र आरामको ग्यारेन्टी सरकारले गर्नुपर्छ । यस अन्तर्गत बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ पनि हामी सबैको अघि आइसकेको छ । त्यसैगरी यस्ता जुनसुकै कृयाकलापमा बालबालिकालाई सहभागी गराउँदा उनीहरुको पनि विचारलाई प्रमुख प्राथकिमता दिनुका साथसाथै उनीहरुको उच्चतम हितलाई पनि ख्याल राख्नु अपरिहार्य हुन्छ । साथै सोहि सामाग्रीमा “बालबालिकालाई मनोरञ्जन गराउने साधन उनीहरुको हुर्काइको प्रवद्र्धन गरिने खालको हुनुपर्दछ न कि उनलाई शारिरीक र मानसिक रुपमा आघात पु¥याउने खालको” भनी उल्लेख गरिएको छ ।

बालबालिकाको मनोरञ्जनको अधिकार अक्सर गरेर राज्यले वेवास्ता गरिरहेको अधिकारको रुपमा पनि अवलोकन गरिएको छ । अभिभावकले आफु जसरी मनोरञ्जन लिन चाहन्छ त्यसरी लिने र बालबालिकाहरुलाई मनोरञ्जनबाट टाढा राख्ने प्रयास गर्ने अभ्यास पाइन्छ । अक्सर गरेर हाम्रो समाजमा मनोरञ्जनको परिभाषा पनि वयस्कहरुले नै निर्धारण गर्ने गर्दछन् । मनोरञ्जन खेल, प्रदर्शनी, अभिनय, सिर्जनात्मक अभ्यास, अंक गणित वा प्रविधि कुनै पनि तरिकाको हुनसक्दछ । तर यहाँनिर हामी वयस्कले बुझ्नु पर्ने कुरा भनेको यी मनोरञ्जनहरुलाई बालबालिकाको निम्ति अनिवार्य र जबरजस्ती बनाइनु भने हुन्न । सबै बालबालिकाहरुसँग आफ्ना विचार व्यक्त गर्ने अधिकार र स्वतन्त्रता छ तथर्स उनीहरुको विचारको सुनुवाई गर्ने हामी सबै वयस्कको कर्तव्य पनि हो । मनोरञ्जन खेलसँगै सहभागिता, विकास र सामाजिकीकरणको एउटा पाटो पनि हो ।

Exclusive Choice, राष्ट्रिय मासिक
वर्ष १, अंक १, फाल्गुण २०६९ मा प्रकाशित

Expressions-personal