Tags » Washington Consensus

It’s all Greek to me!

This article was published in The Nation on December 25 2011

Beware of Greeks bearing gifts. Democracy is often thought of as a gift from ancient Greece. 944 more words

The Nation

Has Cuba sneaked the Washington Consensus past the US Embargo?

Ladies and Gentlemen: Cuba is open for bidness (except to the US who is still embargo-ing them. and why not, it’s worked so well the last 50+ years)! 149 more words

महाथिरबाट सिक्न सकिन्छ

Jagadish C Wagle ©

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद त्यहाँको विकासका प्रणेता मानिन्छन । राजनीति र विकासको आर्थिक एजेन्डामा उनी अत्यन्त सफल भएकाले महाथिरलाई सम्मानित राजनीतिज्ञ मानिन्छ । बिकासका अभियन्ताहरूले उनिबाट धेरै सिक्न सक्नेछन । उद्योग वाणिज्य महासंघको आयोजना र सरकारको सहआयोजनामा आइतबारबाट सुरु भएको नेपाल बिजनेस कन्क्लेभलाई सम्बोधन गर्न महाथिर शनिबार नेपाल आइपुगेका हुन् । यसरी उनलाई आमन्त्रण गरेर उद्योग वाणिज्य महासंघ र सरकारले नेपालको बिकासलाई केन्द्रमा ल्याउनु साह्रै राम्रो सुरुवात हो ।

उनले ‘भुमिपुटेरा’ अर्थात मलेसियन जनजातिहरूको उत्थानको कार्यक्रम लागु गरे । एयरलाइन्स, यूटिलिटी र टेलिकमुनिकेशनलाई निजिकरण गरे । सन १९९० सम्म बर्षको झन्डै ५० वटाको दरले निजिकरण गरियो । उनको कार्यकालको सबैभन्दा महत्वाकांक्षी कार्यक्रम थाइल्याण्ड र सिंङापूर जोडने गरि निर्माण गरिएको ‘उत्तर-दक्षिण एक्सप्रेस सडक’ मानिन्छ जसको निर्माणमा उनकै दल ‘संयुक्त मलइज राष्ट्रिय संगठन’पनि सम्मिलित थियो । पूर्वी एसियामा फैलेको वित्तिय संकटको कारण त्यहाँको स्टक एक्स्चेन्ज ७५ प्रतिसतले घटेको थियो । मुद्राको अवमुल्यन तिब्र थियो । अन्तराष्ट्रिय मुद्रा कोषले खर्च कटौती गर्ने सुझाव दिंदै थियो तर उनले झन् लगानी बढाए । यसरी त्यतिखेरको एसिएन वित्तिय संकटबाट मलेसिया छिटो माथी आयो । तर बेमेल बढदै गए पछि अब्दुल इब्राहीमलाई उनले उपप्रधान मन्त्रिको पदबाट अप्दस्त गरेपछी उनको संकट सुरु भयो ।

माहाथिरले प्रधानमन्त्रीको पद समाल्दा पुर्वी एसिया बित्तिय संकटबाट गुज्रिंदै थियो । यसै समयतीर सोभियत संघ र बर्लिनको पर्खाल बिघटन भए पछी उदारिकरणको नाममा ‘वाशिङ्टन कन्सेन्सस’ लाई सक्रिय पारियो । जसमा अन्तरराष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अंमेरिकी ट्रेजरी डीपार्टमेन्टको सहभागिता थियो । वाशिङ्टन कन्सेन्ससको अवधारणालाई दश बुंदे सुधार कार्यक्रम सहित पहिलोपल्ट सन १९८९ मा वेलायतमा जन्मेका विवादास्पद अर्थसास्त्री जोन विलियमसनले सुझाएका थिए । ‘संरचनागत समायोजन’ (स्ट्रक्चरल एडजस्टमेन्ट) को नाममा सुरु भएको अभियानले खासगरी गरिव देशहरूको सुधार हुन नसकेको कुरा प्रोफेसर जोसेफ स्टिग्लित्जले भनिसकेकाछन । कतिसम्म भने स्टिग्लित्जका अनुसार इथोपियाजस्तो गरिव देशलाई पनि विश्व बैंकको ॠण सहुलियत पाउन वित्तिय उदारिकरण गर्नैपर्ने सर्त अन्तरराष्ट्रिय मुद्रा कोषले राख्यो । त्यतिमात्र होईन इथोपियाको उदाहरण दिंदै गरिवहरू उपेक्षित भएको कुरा क्लिन्टन प्रशानका प्रमुख आर्थिक सल्हाकार प्रोफेसर स्टिग्लित्जले उल्लेख गरेकाछन । माहाथिरले वासिङ्टन कन्सेन्ससलाई मानेनन, त्यसैले जातिय बिद्वेष फैलाएर उनको सफल कार्यकालमाथी पुर्णबिराम लागाइयो भनेर महाथिरलाई सफल सारथिका रुपमा स्टिग्लित्जले आफ्नो पुस्तक ‘द ग्लोबलाइजेसन एण्ड इट्स डिसकण्टेन्ट’मा स्थान दिएका छन । महाथिरले १८ अक्टोबर २००४ मा द स्टारलाई दिएको अन्तरवार्तामा ततकालिन अमेरिकी रास्ट्रपतीको चुनावमा जर्ज बुशनै निर्वाचित हुने कुराको बिश्लेशण गरेका थिए र भनेका थिए की ‘अमेरिकी जनताहरू विश्वबारे धेरै जान्दैनन तर पनि विश्वको शक्तिशाली मान्छेको छनौट गर्दछन’ । नेपालपनि आर्थिक उदारिकरणको चरणबाट गुज्रेर खासै फाईदा लिन नसकेको मुलुक हो । धेरै नेपालीहरूले मलेसियामा रोजगारी पाएको सन्दर्भमा समेत माहाथिरबाट धेरै कुरा सिक्न सकिन्छ, सुधार गर्न गराउन सकिन्छ । उनी प्रस्ट वक्ता र असल मानिस हुन ।  उनलाई ‘शो पिश’ बनाएर नयाँ तरंग ल्याउन कसैको ‘शक्ति निर्माण गर्ने’ कल्पना र रोजी रोटी चलाउने व्यावसायमात्र नबनोस, वास्तविक विकासको अभियान सुरु हुनु राम्रो सुरुवात हो ।

अवको समय विकासको हो । शब्दको राजनीति धेरै भयो – जनता हैरान छन । जनता जे मान्न पनि तायार छन र सबैकुरा पत्याउन तयार छैनन् । खाली उनिहरुलाई बिकाश हुदैछ भन्ने कुराको प्रत्याभुती चाहियो । कुराले अल्मालाउने दिन गए । सन् १९८१ देखि करिब २२ वर्ष मलेसियाको प्रधानमन्त्री सम्हालिसकेका माहाथिर मोहम्मदको यात्राबाट नेपालले मलेसियामा काम गर्ने नेपालिको हितलाई सुरक्षित गर्दै देश भित्र बिकासको तिब्र अभियान थालनी गरोस ।

Nepali Section

Aid & the Washington Consensus

“Aid has been, and continues to be, an unmitigated political, economic, and humanitarian disaster for most parts of the developing world.” — Dambisa Moyo

(

516 more words
Liz Stratman