Tags » Gaur

Access the End Number Of Facilities From Gaur Yamuna City

This apartment is includes of serene living units with enclosure of the many lavishing options thereby reassuring for your premium life standards. This specific gated community has been developed with inexperienced components which are able to clearly build individuals to expertise made prospects of nature.  201 more words

Gaur

Striking Features Of Gaur Sports Wood With High-End Luxury

Gaursons is a famous and reputed project development team, which offers prominent construction, Sports wood. The project includes that total area of thousand acres which is placed in the vital portion of Noida. 232 more words

Gaur

गौरमा प्रहरीको गोली लागी एक जना मारिए

रौतहट गौरमा प्रहरीले गोली लागेर मटिया गाविस वार्ड. न. ६ का राजकिशोर ठाकुरको मृत्यु भएको छ |कोखामा गोली लागेका उनलाई उपक्षेत्रीय अस्पताल वीरगंजमा मृत घोषणा गरिएको छ |

Madhes Aandolan

गौरमा प्रहरीको गोली लागि एकको मृत्यु, प्रहरीद्वारा मानवअधिकारको ठाडो उल्लंघन


हुलाकी न्यूज, काठमाडौं, ८ भदौ । रौतहट जिल्ला सदरमुकाम गौरमा मंगलबार दिउँसो प्रहरीले चलाएको गोली लागि एक १८ वर्षीय युवकको मृत्यु भएको छ । मठिया-६ का १८ वर्षीय राजकिशोर ठाकुरलाई पिठ्युँमा गोली लागेको र उनको मृगौला छेड्दै पेटबाट निस्केको जिल्ला अस्पताल गौरका चिकित्सकहरुले बताएका छन् ।

गौरस्थित गुप्ता पेट्रोल पम्प अगाडि मंगलबार दिउँसो प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहँदा प्रहरीले एक्कासी गोली चलाएको थियो । बाटोको छेउबाट हिँड्दै गरेका ठाकुर गोली चलेपछि भाग्न खोज्दा पछाडिबाट पिठ्युँमा गोली लागेको हो ।

स्थानीय पत्रकार प्रविण तिवडेवालका अनुसार गोली लागि लडेका युवक ठाकुरलाई प्रहरीले अस्पताल पुर्याउनु साटो घेरेर पिटेका थिए । करिब २० जनाको संख्यामा रहेका प्रहरीले गोली लागेर भुईँमा लडेका उनलाई बुटै बुटले हिर्काएका थिए ।

स्थानीय सञ्चारकर्मीहरुसम्म यो कुरा पुगेपछि उनीहरुले रेडक्रसलाई खबर गरेका थिए । त्यसपछि रेडक्रसको टोलीले युवकको उद्धार गरी जिल्ला अस्पताल गौर ल्याएको थियो ।

अस्पतालका चिकित्सक प्रविण झाले ठाकुरको बाँच्ने सम्भावना १ प्रतिशत पनि नरहेको भन्दै उनलाई वीरगंजस्थित नारायणी उपक्षेत्रिय अस्पताल पठाएका थिए । तर, युवकले एम्बुलेन्समै दम तोडेपछि बिच बाटोबाटै एम्बुलेन्स फिर्ता आएको छ ।

यता, पत्रकार टिवडेवालका अनुसार गौरको अवस्था बिहानदेखि सामान्य रहेपनि युवकको मृत्युपछि तनावग्रस्त हुने निश्चित छ ।

मृतक ठाकुर प्रदर्शनकारी नरहेको बताइएको छ ।

Madhesh

झडप पछि रौतहटमा कर्फ्यु, दंगाग्रस्त क्षेत्र घोषणा गरीने सम्भावना

रौतहटमा आन्दोलनमा दमन गर्दा प्रहरी र प्रदर्शनकारी बीच झडप कयौ राउण्ड अश्रु ग्यास र रबरको गोली प्रहार गरिएको छ | बेचन राउतको टाउकोमा गोली लागि अवस्था गम्भीर छ, गोली लागि अन्य घाईते हुनेहरुमा लालबाबू साह -वार्ड न.१० गौर, भूषण मिश्रा-पचरुखी, राजेश साह- बैरिया, सहिन्दर महतो, करीमन मिया | 34 more words

Madhes Aandolan

रौतहटको अवस्था तनावग्रस्त, ५ दर्जनभन्दा बढी गोली चल्यो, कफ्र्यू आदेश जारी

हुलाकी न्यूज, गौर, ७ भदौ । रौतहट सदरमुकाम गौरमा प्रहरीले ५ दर्जनभन्दा बढी गोली चलाएको छ । अहिले रौतहटको अवस्था निकै तनावग्रस्त छ । प्रहरीले चलाएको गोली लागि १२ जना घाईते भएका छन् । घाईते हुनेमा एकजना सशस्त्र प्रहरीका पनि रहेको बताइएको छ । त्यस्तै, रौतहट एफएमका भुषण मिश्राको हातमा गोली लागेको छ । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

बिग्रदो अवस्थालाई ध्यानमा राख्दै रौतहटमा सोमबार अपराह्न ४ः३० देखि मंगलबार बिहान ५ः३० सम्मको लागि कफ्यूँ जारी गरेको छ । कफ्र्यूको समय सुरु भइसक्दा पनि गौरमा प्रदर्शनकारी पछि नहटेको गौरका पत्रकार प्रविण तिवडेवालले जनाएका छन् । अहिले गौरको जिल्ला प्रशासन कार्यालय र बिपी चौकअगाडि प्रहरी र प्रदर्शनकारीबिच दोहोरो झडप भइरहेको पत्रकार तिवडेवालले जनाएका छन् ।

प्रहरीले रबर गोलीसँगै मेटल गोली पनि चलाएको बुझिएको छ ।

Madhesh

The Mysore Zoo

While looking through some old digital pictures I ran across a set that I took at the Mysore Zoo in India. I was looking for something else, but decided that these pictures needed to be shared this evening. 275 more words

Animals