Tags » Nepali Ghazals

आखा थिए चंचल तिम्रा

आखा थिए चंचल तिम्रा गाजलले ढाकिदियौ
हेर्छु भन्थे आखा जुधाई लजाई तिमी भागीगयौ

छम छम बज्ने चुरा तिम्रा हात मैले समाईदिए
हेर्दै तिमी लाजले मलाई बाँण रोपी भागीदियौ

एकान्तमा साटौ भन्थे मनका मेरा भावहरु
सामिप्यमा बस्दा बस्दै प्रित गासी भागिदियौ

पर पुगी फर्कि फर्कि नशालु ती ओठबाट
मन्द मन्द मुस्कान फ्यक्दै टाढा तिमी भागीदियौ

फक्रिएको यो मन मेरो ओइल्येर तिमी गयौ
बसन्तमा फुलेको यो मन टप्प टिपी भागीदियौ

Kabijwe

प्रिय

तिम्रो तस्वीर हेर्दा आज आशु किन आएन प्रिय
बसन्तमा नाचौ भन्दा कोईलीले गाएन प्रिय

एक्लो छु म जिन्दगीमा जिन्दगीनै उजाड उजाड
एक्लै बसी सम्झौ भन्दा याद किन आएन प्रिय

तिम्रो भुल या त मेरो प्रित गास्ने जवानीमा
जवानीको तरङ्गमा होस किन भएन प्रिय

जुनलाई बिर्षी मध्यरातमा गन्यौ किन ताराहरु
पार्दै आज अन्धकार चन्द्र किन आएन प्रिय

बतासले बहकाएर बादलले छोप्यो होला
विहानीको सुर्यले नी चन्द्र किन ल्याएन प्रिय

भयो अब बाच्ने छुईन कसैको म तस्वीर हेरी
तिम्रो नाम लिदा पनि श्वास किन गएन प्रिय

Nepali Ghazals

आज

सकौँ न त भन्दा पनि अलीकती रह्यो आज
नगरौँ न भन्दा पनि रमाइलो गर्यो आज

मुस्कील भयो यसै सक्न भुलैयामा परे म त
नसम्झु न भन्दा पनि सम्झिएर मर्यो आज

कस्तो रैछ बुध्दि मेरो सकौँ भन्दा ठुस्किदिने
हतार हतार सक्न खोज्दा कस्तो रात पर्यो आज

मुर्ती जस्तै ठिङ्ग उभिई सकौ सकौ भन्दा पनि
तिम्रो हो या कसैको याद आई रह्यो आज

समय छदा कता कता हराईरहे कल्पनामा
कल्पनाको प्रति उत्तर यै बेलामा फर्क्यो आज

पुरै रफ्तार दिदै जादा आयो थोरै आश्वासन
दङ्ग भए तर फेरी पुरै तनाव चर्क्यो आज

आनन्दमा बसौँ भोली मज्जासँग गम्दै थिए
आजै सकौ भन्दा पनि भोलीलाई टर्यो आज

Kabijwe

माया

गाजलु ति तिम्रा आँखा आज मैले विर्सीएछु
मन्द मन्द मुस्कान तिम्रो वर्तमानमा हराएछु

एकोहोरो हेरिरन्थे तिमीलाई हजार हजार
आज आइ सम्झिदा त तिमीलाई रुवाएछु

भन्थे कति बाचाहरु हेर्दै तिम्रो मुहारभरी
काप्थे बोल्दा ओठहरु सम्झना नै गुमाएछु

छुन खोज्थे तिम्रा औला लाखौं पटक हिँड्दाफेरी
लजाउथ्यौ तिम्लाई हेर्दा हेराई नै भुलीगएछु

चिहाएर हेर्थ्यॅ सानू छुपाएर तिम्रो मुहार
अन्तै कता हराउदा त तिम्रो छाँया पन्छाएछु

निरास भई आँखाभरी आँशु आई बसिदिदा
छाडिजाने प्रियसीलाई रुदै रुदै सम्झिएछु

Nepali Ghazals

त्यो रात

आधारात संगै बस्यो,हेराईमै बित्यो त्यो रात
बोल्न खोज्थ्यौँ,बोल्न खोज्थे मौनतामै कट्यो त्यो रात

निहुरीएर गाजलु ती आँखाबाट कर्के नजर
लजाउदै चिहाउदै हेर्दा हेर्दै सक्यो त्यो रात

रेसमी त्यो कालो कपाल छोपीरन्थ्यो तिम्रो मुहार
मन्द मन्द मुस्कान सँगै हेराईमै रम्यो त्यो रात

आफै आफै सलबलाउथे औलाहरु तिम्रा कती
एकोहोरो आँखा जुधाई मुस्कुराउदै ढल्यो त्यो रात

चिसो चिसो आउथ्यो हावा उडाइलान्थ्यो तिम्रो कपाल
गाजलु ती परेलीमा अल्झीएरै चिप्ल्यो त्यो रात

आखाँबाटै मनका कुरा मनैबाट चोखो माया
मनपरायौँ नबोलेरै खै कसरी गयो त्यो रात

Nepali Ghazals

बेहोसीमा मनपराएछु

बेहोसीमा मनपराएछु तिमीलाई हेर्दा हेर्दै
ब्यर्थै मैले मनपराएछु बातहरु गर्दा गर्दै

नजाती त्यो रुप तिम्रो खै कसरी तान्यौ मलाई
निष्ठुरी त्यो मनभित्रका भावहरु चोर्दा चोर्दै

आबाजमा जादु छैन न त तिम्रो मुस्कानैमा
पुगीगैछु पुच्छ्न आशुँ आखाँबाट झर्दा झर्दै

किन पनि आयौ तिमी नजीक नजीक हुदै मेरो
टाँस्सीएरै नबसहै ओर ओर सर्दा सर्दै

Nepali Ghazals

पाईन मैले

भिजेका परेली तिम्रा पुछिदिन पाईन मैले

गुलाबी ति तिम्रा ओंठ चुमीदिन पाईन मैले

सुन्छु धेरै धेरै धन कमायौरे तिम्ले

तिम्रै लागी नाथे धन कमाइदिन पाइन मैले

गर्छन अरे तिमीसँग जुन र तारा ल्याउने कुरा

जुनको त के कुरा नाथे फूल नि दिन पाइन मैले

झुठो माया गास्दै हिड्छौ अरे तिमी दुनियासँग

गल्ती मेरै हो साँचो माया बुझाइदिन पाइन मैले

Nepali Ghazals