Tags » Teej

Hartalika Teej Vrat : हरतालिका तीज व्रत

Hartalika Teej is a Hindu fasting observed by Hindu women. It is dedicated to Goddess Parvati. Hartalika Teej falls on the third day of the first fortnight of the month of ‘Bhadra’. 482 more words

God

Hopatkong

Aug 30, 2015

We all have our talents and Mr. S.S’s talent is finding new places. It’s almost end of summer and we are still looking for new places to bathe and grill. 421 more words

Been There Done That

Celebrations at SIRC

It’s been a while since my last posting, life takes hold and diverts me, but now I am back on track.

While others in the US and financial world were remembering their colleagues and loved ones on September 11, it was a day for celebration in Nepal. 324 more words

Nepal

Celebrating the Nepali women's festival of Teej

Two days ago I arrived at the home of a Chetri family who have kindly agreed to put me up whilst I learn Nepali and how to cook dal bhat. 322 more words

Nepal

Teej

Hello!! Long time, I know. Almost two months
Finals had me occupied. Hectic months..sigh
My laptop broke down. In search of a new one. 😥 20 more words

Fashion

Redefining Teej: A cherished festival for women

Oh what a lovely day it is! Women celebrating this day with smiles, dance and music. Women cherishing this day, like every other year with so much enthusiasm and happiness. 738 more words

Feminism

तीजका बारेमा मेरो फेसबुक पोस्ट।

यस्ता तीजका गीत भन्दा राम्रो नेपाली महिलाको अस्तिव बुझाउने अरु के होला। आजको दिन आजको जमानामा भगवानसंग यस्तो श्रीमान होस् उस्तो श्रीमान होस् भनेर माग्नु पर्ने। “स्वदेश मै केहि गर्ने केटा जुराई देऊ” रे। महिलाको काम खालि पछाडी बसेर पुरुषले तय गरेका राष्ट्रभक्तिका गाथा सुगा रटे जसरी बोल्दै, नाच्दै, परमेश्वर पुकार गर्दै निस्क्रिय दर्शक बन्ने मात्र जस्तो। सफल जीवनका लागी सफल नै श्रीमान चाहिने, आफ्नो देशप्रतिको चिन्ता बारे केहि गर्न पनि श्रीमान् नै चाहियो, खुसि हुन पनि पुरुष नै चाहिने तर यी सबै कुरा पाउनका लागि पनि काम हैन आश र अद्रिष्य शक्ति गुहार्न मात्र सक्ने। त्यस्तै देशको चिन्ता हुनेले आफुले नै पनि गरे हुन्छ, श्रीमान खोज्न पर्दैन। धेरै महिलाले आफ्ना हात, खुट्टा, दिमाग प्रयोग गरेर धेरै ठूला ठूला काम गरेका छन्। सबैले ठूलै काम पनि गर्न पर्दैन, खाली अद्रिष्य शक्ति भन्दा आफ्नो शक्ति र सामर्थ्यमा विश्वास भए पुग्छ। अर्को कुरा संसारमा चिन्ता गर्नलाई धेरै कुरा छन् तर नेपाली महिलालाई चिन्ता पनि देशको मात्रै हुन्छ किनभने अगुवा पुरुषले त्यहि सिकाएका छन्। तर के उनीहरुले उनीहरुको प्यारो देशमा, आफ्नो परिवारमा र आफ्नो समाजमा आफ्नो अस्तित्व कस्तो छ बुझ्ने कोसिस् गरेका छन्? आजको तारिकमा तथ्यांक केलाउँदा हाम्रो देश महिलाका मामलामा विश्व भरिकै देशहरुमा पछाडी परेको छ। के आफैंले खान नपाउँदा र दिन रात पिटाई खाँदा मात्रै महिलालाई म हेपिएको छु भन्ने चेत् आउंछ हो? लब म्यारिज गरेका तुलनात्मक रुपमा साधारण महिला भन्दा बढी सुबिधा पाएका महिलाहरु विचार गर्नुहोस् किन तपाईसंगै पढेको तपाईको श्रीमान काममा जाँदा तापाई घर, छोरा छोरी र सासु ससुरा समालेर बस्नु भएको छ? तपाईभन्दा कक्षामा थोरै अंक ल्याउने पुरुष किन तपाई भन्दा ठूलो ओहोदामा पुगेको छ? तपाई मध्ये धेरैले मैले यहि रोजें भनेर निउ देखाउनु हुनेछ, मलाई थाहा छ। तर तपाई मध्ये धेरैको रोजाई सो हुनुमा तपाईको दिमागमा सानो देखि के कुरा भरियो त्यो जिम्मेवार छ र सो विचारलाई दोहोर्याएर नसोच्नुमा तपाईको दोष। महिलाको जीवनको पुर्वार्द असल पत्नी र बुहारी हुनलाई सिक्दैमा सकिन्छ अनि पछिका दिनहरु त्यहि जिम्मेवारी बेहोर्दैमा। के नेपाली महिला खाली दुखका गाथा गाउन र राम्रो जीवनको आश गर्न मात्रै सक्षम छन्? ति दुखलाई मेटाउन या सुखका निम्ति अगुवा बनेर काम गर्न सक्षम छैनन्?

मानिसको सबै भन्दा मुलभुत अधिकार – आफु जन्मेको देशमा पूर्ण रुपमा नागरिक हुन पाउनु र आफ्ना सन्तान र आफ़ुले चुनेर पाएको जीवन साथीलाई नागरिकता दिन पाउनु पनि हामी नेपालमा जन्मेका महिलाको लागि असम्भब सपना जस्तो बनेको छ। भगवान गुहारेर न त राम्रो पति पाईन्छ न त देश नै बन्छ न त आफ्नो जीवन नै सुखमय हुन्छ। हुँदो हो त हिन्दु महिलाहरु संसारमै सबै भन्दा सुखी हुने थिए। कोहि महिलाले दाईजोको निउमा आगोमा जल्न पर्ने थिएन। बलात्कृत हुन पर्ने थिएन। श्रीमानद्वारा पिडित हुन पर्ने थिएन। देशबाट दोश्रो दर्जाको नागरिक भएर हेपिन पर्ने थिएन। आफ्ना बाबुआमा र परिवारबाटै आफ्ना दाजु-भाई र लोग्ने भन्दा तल्लो गनिन पर्ने थिएन। लाख लुकाउने कोसिस गरौँ, आफ्नो देश आफ्नो संस्कृतिलाई सर्बश्रेष्ठ घोसित गर्ने कोशिस गरौँ तर त्यो कर्म नगरी सम्भब हुने छैन। स्वघोसित सर्बश्रेष्ठ त जो पनि हुन सक्छ। साँचै ठूलो हुन या सुखी हुन रहर गर्नेले कर्म गर्नै पर्छ। छम छमी नाचेर चर्को स्वरमा झर्को लाग्ने गीत गाएर या भोक भोकै धर्म गरेर केहि हुने वाला छैन। अर्को कुरा श्रीमान प्रतिको मायाका लागि मैले यो गरें र ऊ गरें भन्ने महानुभावहरु एउटा प्रचलित भनाई नै छ “आफुलाई माया गर्न नसक्नेले अरुलाई माया गर्न सक्दैन”। अन्त्यमा, तिजको बर्तलाई मायाको रुप दिनेहरु किन तपाईको माया तपाईको श्रीमानको माया भन्दा सँधै कठोर परिक्षा पास गरेर मात्रै ब्यक्त गर्नु पर्ने हुन्छ? संस्कृति जोगाउन अहोरात भोको पेट बस्नेहरु के तपाईलाई थाहा छ विश्व ब्रह्माण्डमा करोडौं ग्यालेक्सी छन्, तिनमा करोडौं तारा, तिनी वरी परि घुम्ने खरबौं पृथ्वी जस्ता ग्रह? ति करोडौं ग्रह मध्येको एउटा सार्है सानो ग्रहको एउटा सानो अनि गरिव देशका नागरिक हामी। हामी भन्दा पनि अनपढ र थोरै कुरा जानेका सयौं वर्ष अघि हार्मो इन्डियन सब कंटीनेंटमा बसोबास गर्ने केहि पुरुषले बानाएका हाम्रा संस्कृति। सबै गलत छन् त भन्दिन तर कति सहि होलान कति गलत सबैले आफैं मनन गर्न सक्छौं। विश्व ब्रह्माण्डको आगाडी मानव सभ्यता नै त कति हो कति सुक्ष्म छ भने यसमा तपाई हामी एकको जीवन त नगन्य समयको लागि हुन्छ। परम्परा तपाईले तपाईको जीवनभर थाम्नु होला त्यस पछि एक न एक पटक यो परिवर्तन हुने नै छ। दुई पुस्ता अगि मेरा त छोरा छन् भनेर दङ्ग पर्ने महानुभावले आज नातिनी माथि नातिनी मात्रै भए पछि देख्नु भयो होला कसरी यस्ता परम्परा थाम्ने ढोंग दिगो हुन्दैन भन्ने कुरा। त्यसैले यस्ता आडम्बरमा ध्यान दिन भन्दा आफुंलाई माया गरौँ, कर्म गरौँ र आफ्नो हातमा नभएका कुरामा चिन्ता र आश दुवै गर्न छाडौं।