Tags » Youthink

सपना र अनुरोध

By: Praveen Karki

आफैलाई आश्चर्य लाग्दै थियो, मेरो गाउँ आज भिन्न देखिएको थियो । हिजो सम्म धुलो उड्ने त्यो कच्चि बाटो आज पिच भएको देख्दा पत्यार नै लागेन । गाउँका सबै युवाहरु रोजगारको खोजीमा विदेशीए पछि सुनसान भएको मेरो गाउँ आज ब्यस्त थियो । कच्ची माटोले बनेका घरहरु पक्कि अनि निकै नै आकर्शक भएका थिए । बिकास मामा दुवईबाट फर्केर गाउँमै आधुनीक कुखुरा पालन तथा व्यवसाय पनि थालिसकेछन्, मलाई पत्तै थिएन । कतार छिरेका अर्जुन दाईले त झन् कमल पोखरीमा माछा पालन थालेर धेरै युवाहरुलाई रोजगार पनि दिदै रहेछन् । गाउँ पहिलेको जस्तो बिल्कुलै थिएन ।

आफ्नै आँखामाथी बिश्वास थिएन आज । भरतको चिया पसल पनि निकै आधुनीक भैसकेको रहेछ । झन् त्यहाँ केही बिदेशीहरुलाई कफी पिउदै गरेको देख्दा त मलाई अत्ति नै भयो ।
“हैन ओ भरत के भएको हो यो गाउलाई ? अचानक यति ठुलो परिवर्तन ?” मैले टाउको कन्याउदै भरतलाई सोधे ।
“यीनीहरु कोही फिलीपिन्स त कोही अफ्रिकन मुलुकहरुबाट हाम्रो गाउँमा उच्च शिक्षाको लागि आएका हुन् । तपाईलाई थाहा छैन र ? हाम्रो गाउँमा फुलबारी यूनीभरसिटी खुलेको छ नि । त्यो पनि अन्तराष्ट्रिय मान्यता प्राप्त ।” भरतले अनौठो अटोमेटीक मेसीनबाट चिया निकालेर मेरो हातमा थमाउदै भन्यो ।

म आफैमाथी विश्वास गर्न सकिरहेको थिईन । म जस्ता कयौँ युवाहरुले अब गाउँमै पढ्न र रोजगारी पाउने भए । फुलबारीदेखी नारायणगढसम्म मेट्रो बनिरहेको रहेछ । जहाँ हामी सानोमा गाईभैसी चराउन जादा मोजाको भकुण्डो खेल्ने गथ्र्यौ त्यहाँ त अहिलै अन्तराष्ट्रिय व्रिmकेट मैदान बनिसकेको रहेछ । हालसालै भारत, अष्ट्रेलीया र नेपाल बिच चलिरहेको त्रिकोणात्मक व्रिmकेट प्रतियोगितामा पारशको सानदार शतकको मध्दतले नेपालले अष्ट्रेलीयालाई हराएर फाईनल पुगेको रहेछ । माईला अंकल टाई सुटमा चट्ट परेर अफिस जादै थिए । उनले नारायणी हाईड्रो ईलेक्ट्रीसिटीमा जागिर खान्छन् रे । उनैका भई कान्छा काका भने आफ्नो कम्पनिको कामले बिदेश गएका छन् रे । गाउँमा बेरोजगार कोही थिएनन् । गाउँ साच्चिको फूलबारी जस्तै देखीएको थियो । र गाउँको फेरीएको मुहार देख्दा आफैलाई आनन्द आईरहेको थियो । अचानक मेरो मोबाईलमा घण्टी बज्यो ।म झसंग भए । भरतको चिया पसल कता बिलायो बिलायो । त्यो पक्किबाटो, बिदेशबाट फर्किएका मेरा गाउँका युवाहरु, त्यो आधुनीकरण, ब्यस्त गाउँका मान्छेहरु सबै भ्रम रहेछन् । ओहो, मैले त सपना पो दखिरहेको रहेछु । टेवलमा रहेको पानीको बोतल खाली गरे । अनि जव होसमा आए मेरा आँखा बाट केहि नुनिला पानि बग्न थाले ।

म पनि देशलाई माया गर्ने एक युवा । बाध्य भएर उच्च शिक्षाको लागि आफैलाई दक्षिण भारतमा डोर्याउनु पर्दा मन नदुखेको होईन । पराईको देशमा कयौ पटक ठगिनु पर्दा यस्तो लाग्थ्यो मेरो देश भईदिएको भए आज यो दुःख दुःख्नु पर्दैन थियो होला । यदि देशमा शान्ती, शुरक्षा, शिक्षा र अवसर भईदिएको भए मजस्ता कयौँ युवाहरु विदेशिनु पर्दैन थियो होला । के मेरो आवाश्यकता मेरा बुबाआमा, दाजुभाई र दिदीबहिनीलाई मात्र छ ? के मेरो देशलाई मेरो आवश्यकता नै छैन ?

कहिलेकाही त मन दुःखेर आउछ कस्तो देशमा जन्मेछु भनेर । तर फेरी सोच्दछु, देश त मेरो स्वर्ग भन्दा पनि सुन्दर छ, केवल गलत हातमा परेको छ मेरो देश । र युवा भएको नाताले यो देशलाई बचाउने दाईत्व मेरो पनि हुन्छ ।

फेरी निदाउन सकिन । ल्यपटप खोलेर अनलाईन रेडियोबाट समाचार सुन्न थाले । “संबिधानसभा सभासदलाई मासिक तलब ७३,३८८ रुपैयाँले काठमाण्डौमा गुजारा गर्न गाह्रो हुने भयो रे ।” झनक्क टाउको तातेर आयो । नेपालजस्तो अत्यन्त कम मासिक सदर आय भएको देशमा ६०१ सभासदलाई जनताले पाल्नु परेको छ । त्यसमा पनि जनतालाई सास्ती र महंगी सधै उस्तै छ । यदि महिनाको ७०,००० खाएर पनि पुग्दैन भने जिन्दगिभर ७० हजार नदेखेका गरिब नेपालीहरु कसरी गुजारा गर्दै होलान् राजधानीमा ? के सभासदहरु ति गरीब निमुखा जनताका प्रतिनीधि होईनन् । जनताले उनिहरुलाई संबिधानसभामा यसकारणले पठाएका होईनन् कि राष्ट्रको ढुकुटी उनीहरु चुनाव खर्च उठाउन, आफ्ना कार्यकर्ता पाल्न वा अर्को चुनाबको खर्च पनि अहिले नै जोहो गर्न प्रयोग गर्न सकुन् । हाम्रा नव निवार्चित माननिय सभासद महासय, तपाईहरु देशको निर्णय गर्ने ठाउँमा हुनुहुन्छ । यदि अलिकति भएपनि बिबेक प्रयोग गर्न सक्नुहुन्छ भने सबै नेपालीलाई आफ्नै देशमा अलिकति कमाउन सक्ने बाटोको सृजना गर्नुहोस् । सम्मान र सुरक्षीत जीन्दगी बिताउन सक्ने वातावरणको सृजना गर्नुहोस् । शिक्षा र रोजगारी निश्चित हुने कानुन बनाउनुहोस् । युरोप र अमेरीकाका सभासदको जस्तो सुविधा र तलब पाउन चाहानुहुन्छ भने पहिले देशलाई युरोप र अमेरीका जस्तो बनाउनुहोस् । नत्रभने यस्तो पुँजीबादी सोच राखेर आफुलाई नवराजा ठान्ने भुलगरि गरिव जनताका आशामाथी कुठाराघात गर्ने गल्ति किमार्थ नगर्नुहोस् ।

म सधै चाहान्छु मेरो सपना यथार्थमा परिवर्तन भएको हेर्न । मेरो देश जहाँ बाटोमा चुरोट खानेलाई पुलिसले समात्छ तर घुस खाने र भ्रष्टचारीलाई केही गर्दैन , जहाँ सुनको भाउ बढ्दा सबैलाई चिन्ता छ तर नुनको भाउ बढ्दा कसैलाई मतलब छैन, जहाँ पुस्तकालय र अनुसन्धान केन्द्र भन्दा सिनेमा हल धेरै छन्, जलस्रोतको दोश्रो धनि राष्ट्र भएतापनि जहाँ दैनिक १२ घण्टा भन्दा बढि लोडसेडीङ्ग छ त्यैपनि नेताहरु डिजेल प्लान्ट ल्याउने कुरा गर्छन्, जहाँ चिनी नब्बे रुपैया किलो र चामल पचास छ र पनि सिमकार्ड सित्तैमा पाईन्छ । यस्तो हभिगतले देशको बिकास कहिले हुने ।

जवसम्म हामी आफ्नो सोचको परिवर्तन गर्दैनौ, देशले के दियो भन्दा पनि देशलाई के दिए भन्ने कुराको चिन्तन गर्दैनौ र बिदेशी दलालको चाकडी गर्न छोडेर स्वविवेकले राष्ट्रियताको भावनाको विकाश गर्दैनौ तब सम्म यो देशको केही हुनेवाला छैन । अब पालो हामी युवाहरुको हो । जुन परिवर्तन नेताहरुले ल्याउन सकेनन् त्यो परिवर्तन हामी युवाहरुले ल्याउनुपर्छ अब । म मेरो ईञ्जिनियरिङ्ग सकेर बिदेशमा आफ्नो श्रम बेच्न चाहान्न । म मेरो गाउँ फर्किन चाहान्छु र सबै शिक्षीत युवाहरुलाई पनि आ-आफ्नो गाउँ फर्कन अनुरोध गर्दछु । हामी भित्र क्षमता छ, जोश छ र आफ्नो सपना सार्थक पार्न सक्ने विश्वास र उर्जा पनि छ । वस मेरो एउटै अनुरोध सरकारलाई, हामीलाई हाम्रो ठाउँमा बाच्नसक्ने वातावरणको व्यवस्था गरिदिनुहोस् ।

YOUthink

छाडा बाच्छाहरु र यसले ल्याएको समस्या

Author: Better Rabin

“बिहानै उठेर खेतमा पानी के कस्तो छ भनेर हेर्न खेतमा पुग्दा त तिन/तिन ओटा छाडा बाच्छाहरले धान बारी माडेर धान खादै गरेको देख्दा हत्तार हत्तार गर्दै लखेटियो । अस्ति भर्खर लगायऐको धान त बर्बादै पारेछ । उता काकाहरुको भटमास पनि सखापै भा रैच । कसलाई कराउने ? कसलाई गालि गर्ने ? कसलाई के भन्ने ? को संग हर्जना माग्ने अब । एकछिन पछि फेरि बाच्छाहरु भा तिर हेरेको उता फाटतिर कस्को हो धानबारिमा चर्दै रचन। । अब के गर्ने, कता तिर लखेट्ने जता लखेटे नि कसै न कसैको त नोक्सान निश्चित थियो । के गर्ने गर्ने ट्वा परियो आज।

कृषिमा आएको आधुनिकता संगसंगै खनजोतको लागी गोरुको प्रयोग तराई लगाएत भित्री मधेसहरुमा सामान्यतया छैन भन्दा पनि हुन्छ । गोरुको प्रत्यक्ष उपयोगिता घटे सँगै गाईका बाच्छा/बहरहरु लाई छाडा छाड्ने चलन बसिसकेको देखीन्छ आजकल । गाईरहरुले जब बाच्छा जन्माउछ, कुषकहरु त्यसलाई घाटा मान्दछन । न त खनजोतको लागी, न नै मासुको लागी होस गोरु/बाछा(हरु) बिकदैन्न आजकल त्यसैले होला अधिकांस बाच्छाहरु जन्मिएको महिना भित्रै कुपोषित बनाई मारीन्छन या कि त केहि महिना पालेर बाच्छालाई छाडा छोडिन्छन। यसरी छाडा छाडिने बाच्छा/बहर(हरु) दिनानु दिन बढ्दै छ आजकल ।

गाँउघरमा त यस्को नकरात्मक असरहरु टट्कारो रुपमा देखा पदै आएको छ आजकल । महङ्गो खेतला, बिउ बिजन, अनेकौ दुख भाति गरेर लगाएको खेतीबाली छाडा छाडिएका बाच्छा/बहर हरुले येकै रातमा सखाप पार्दा पनि किसानहरु मुकदर्सक मात्र बन्न बाध्य छन् । हुन पनि कसलाई गाली गर्ने ? कसलाई गऐर के भन्ने ? को संग हर्जना माग्ने ?

यसै गरी आजकल यसको उदाहरण सहरका सडकहरुमा प्रत्यक्ष देख्न पाईन्छ । यसले सहरि सडक अस्थबेस्थ त देखिऐको छ नै कयौ सडक दुर्घटनाहरु येस्तै छाडा छाडिएका घरपालुवा जनवारकै कारणले हुने गरेका छन् ।

हुन त यो समस्या धेरैलाई सामान्य र तुक्ष लाग्न सक्छ । तर गाईका बाछ्छा/बहरहरु ब्यवस्थापन सम्वन्धी बेलैमा निती र कार्ययोजना नल्याउने हो भने यो समस्या पछि भयाबह स्थिति ल्याउने निश्चित छ ।

तपाईहरुलाई के लाग्छ !! के कस्ता ऊपायहरु अपनाऊन सकिएला त जस्ले गर्दा यस समस्याको दिर्घकालिन समाधान हुन सक्छ ?

 

YOUthink

Being the Queen of Romaly in DRAGON QUEST III for the SNES!

This is the Romaly King sequence in DRAGON QUEST III for the SNES, but it’s a Romaly queen sequence instead since my hero is a woman! 1,592 more words

Games

Genius or Psychopath?

Genius or Psychopath?

Genius or Psychopath?

I got 70% (Fairly Aware…. Usually.) – Genius or Psychopath?

You are pretty good at recognizing when someone is insane or when they’re just insanely smart. 24 more words

Youthink